केपी ओली, पोखरा आउँदैछन् भोलि
पाेखरा | भदौ २७, २०७९
पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (मंगलबार)पोखरा आउने भएका छन् ।
नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा सभागृह आउने भएका हुन् ।
पोखरामा भदौ २८ र २९ गते हुने लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने निश्चित भएको संघका महासचिव हुमबहादुर गुरुङले जानकारी दिए ।
नेकपा एमालेका अध्यक्ष अध्यक्ष ओलीसंगै उप–महासचिव पृथ्वीसुब्बा गुरुङको समेत उपस्थिति हुने संघका महासचिव गुरुङले बताए ।
पोखरा: होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रमम...
काठमाडौँ: नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ । सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...

